काठमाडाैं, कार्तिक १ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारी आउदो राती १ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने उनका स्वकीय सचिव बोधराज कँडेलले जनाएका छन् ।
आगलागी (जलन) बाट जिवीत रहेकाहरुको अन्तराष्ट्रिय सम्मेलनलाई संबोधन गर्न अमेरिका पुगेका भण्डारी नेपाल फर्कन लागेका हुन् । कतार एयरको जहाजबाट फर्कदै गरेका भण्डारीको टिममा प्रस्थान गरेका सबै फर्किन लागेका हुन् ।
गत फागुन ३ गते आफ्नै निवासमा खाना पकाउने ग्याँसबाट आगलागीबाट शख्त घाइते भएका भण्डारीको मुम्बई अस्पतालमा लामो समयसम्म उपचार भएको थियो । अमेरिकामा रहँदा नेता भण्डारीले जनसम्पर्क समिति देखि गुल्मेलीहरुसँग भेटघाट गरेका थिए ।