कांग्रेस नेता चन्द्र भण्डारी अस्पताल भर्ना

| 2023 May 03 | 10:02 am 3873

काठमाडौं, बैशाख २०ः गत १७ गते आइतबार भारतको मुम्बई स्थित नेशनल बर्नस सेन्टर अस्पतालबाट डिस्चार्ज भई काठमाडौं फर्किएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् ।

कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारीका स्वकीय सचिव बोधराज कडेलका अनुसार थप उपचारका लागि फ्रन्टलाइन अस्पतालमा भर्ना गरिएको छ ।

किर्तिपुर वर्न अस्पतालका प्रमुख तथा बरिष्ठ चिकित्सक डा. शंकरमान राई र बरिष्ठ चिकित्सक डा. चक्रराज पाण्डे सँग परामर्श गरी पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा भर्ना गरिएको हो ।

शरीरमा संक्रमण हुने खतरा कायम रहेकाले अस्पताल प्रशासन र चिकित्सकको टोलीले भेटघाट कम गर्न सुझाव दिएको छ ।
डा. चन्द्र भण्डारीको उपचार र सेवा सुविधा अस्पतालले निशुल्क गर्ने कुरा पनि कडेलले जनाएका छन् ।

नेता भण्डारी गत फागुन ३ गते खाना पकाउने ग्याँस चुहावटका कारण भएको आगलागीबाट गम्भीर घाइते भएका थिए ।

करिब साढे दुई महिनाको उपचारपछि गत १७ गते नेपाल एयरलाइन्सको नियमित उडानबाट काठमाडौं फर्किएका थिए । काठमाडौं फर्किए पछि नेता भण्डारी बत्तिसपुतलीमा बस्दै आएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.