कांग्रेस नेता कार्कीलाई मातृशोक

रिपोर्ट नेपाल | 2021 Nov 10 | 02:04 pm 3857

गुल्मी, कात्तिक २४ः नेपाली कांग्रेस गुल्मीका नेता तथा क्षेत्र नं.१ (ख) का उम्मेदवार धनेन्द्र कार्कीलाई मातृशोक परेको छ । कार्कीकी माता यमकुमारी कार्कीको विगत केही दिनदेखि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भई रहेको थियो ।

निमोनिया रोगबाट पीडित उहाँको ७६ वर्षको उमेरमा गएराति ३ बजे उपचारका क्रममा निधन भएको पारिवारीक स्रोतले बताएको छ ।

कार्कीको पार्थिव शरीरलाई बुटवलबाट पवित्र तिर्थस्थल रिडीको कालिगण्डकी किनारमा अन्तिम संस्कार गरिएको थियो । उहाँको अन्तिम संस्कार गर्नु अघि उहाँको पार्थिव शरीरमा फूलमाला चढाएर अन्तिम श्रद्धाञ्जली दिइएको थियो ।

उहाँको अन्तिम संस्कारमा गुल्मी कांग्रेसका नेता कार्यकर्ता र सर्वसाधारणको समेत उपस्थिति रहेको थियो । ७६ वर्षीया कार्कीको निधन प्रति नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति त्रैलोक्य प्रताप सेनले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । स्वर्गीय कार्कीका ३ छोरा र ५ छोरी रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.