काठमाडौं, असोज २७ । भारतको उत्तरप्रदेशका मुख्यमन्त्री तथा भारतीय जनता पार्टीका प्रभावशाली नेता योगी आदित्यनाथ महाराज र नेपाली कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रिय सदस्य तथा पूर्व गृहराज्य मन्त्री देबेन्द्रराज कँडेल बीच भेटवार्ता भएको छ ।
उक्त भेटमा नेपाल भारतबीचको सम्बन्ध सुदृढ तथा समसामयिक राजनिति, धार्मीक बिषय बस्तुमा महत्वपुर्ण तवरबाट छलफल भएको स्वकीय सचिब कमल किशोर रायमाझीले बताए ।
उक्त भेटमा उत्तरप्रदेशका पुर्वमन्त्री सुजन त्रिपाठी, ब्यवसायी योगेश बाजपेयीसँग सौहार्दपुर्ण शिष्टाचार भेटवार्ता भएको थियो ।
नेपालका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणका लागि नेता कँडेलले मुख्यमन्त्री योगीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका हुन भने मुख्यमन्त्री योगीले छिटै नेपाल भ्रमणमा आउन सक्ने बताएका थिए ।