काठमाडौं, असोज १० । जिल्लामा बसेर पार्टी संगठनलाई समय दिन नसकेको भन्दै प्रतिनिधि सभाका सांसद दिपक खड्काले नेपाली कांग्रेस संखुवासभाको सभापति पदबाट राजीनामा दिएका छन् ।
नेता खड्काले पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवासमक्ष आफू निर्वाचित सांसद भएको कारण अधिकांश समय संसद र काठमाडौंमा दिनु पर्ने भएकोले पार्टीको संगठन विस्तारमा समय दिन नसकेको स्वीकार गर्दै राजीनामा दिएका हुन् ।
