कांग्रेस केन्द्रीय समिति बैठक : महामन्त्री निधिद्वारा राजनीतिक प्रतिवदेन प्रस्तुत

| 2018 Dec 06 | 03:50 pm 1474

काठमाडौं, मंसिर २० :  नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे सुरु भएको बैठकमा प्रतिवेदन निर्माण समितिका संयोजक उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन्।

आजै महामन्त्री शशांक कोइरालाको संयोजकत्वमा तयार भएको संगठनसम्बन्धी प्रतिवेदन पनि प्रस्तुत हुन सक्ने बताइएको छ । यसअघि हिजोको बैठकमा सह–महामन्त्री डा. प्रकाशशरण महतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । तीन वटै प्रतिवेदनसहित प्रस्तावित विधान मस्यौदामाथि सदस्यले धारणा राख्ने क्रम पनि जारी रहने नेताहरुले जनाएका छन् ।

केन्द्रीय समितिले पारित गरेपछि विधान मस्यौदासहितका प्रतिवेदन मंसिर २८ देखि काठमाडौंमा हुने महासमिति बैठकमा प्रस्तुत गरिने छ । संस्थापन पक्षले सबै प्रतिवेदन सर्वसम्मतिले पारित गर्न चाहेपनि इतर समूहले फरक मत राख्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.