काठमाडाैं, असार १५ः ७ सय १६ ग्राम कस्तुरीको विना जस्तो देखिने धुलो सहित एक कोरियन नागरिकलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा कोरियन नागरिक JUNG JOON JUN रहेका छन् ।
मिति २०७९/०३/१४ गते कोरियन एयरको उडानद्वारा काठमाण्डौबाट कोरिया जान लागेका यात्रु उनलाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा सुरक्षा खानतलासीको क्रममा निजलाई Metal Free (धातु मुक्त) गराई चेकजाँच गर्दा उक्त वस्तु फेला परेकाे हाे ।
उनले लगाई आएको निलो रंगको MAX15 लेखिएको जुत्तालाई X-Ray Machine मा राख्न लगाई Screening गर्दा उक्त दुवै जुत्ता भित्र सेतो रंगको प्लास्टिक र टेपले बेरिएको कस्तुरीको विना जस्तो देखिने धुलो सहितको पोका थान-२ (प्रत्येक जुत्तामा १/१ पोकाको दरले) को अन्दाजी तौल ७१६ ग्राम (प्लास्टिक सहित) लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी आवश्यक अनुसन्धान एवं कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तिसार, काठमाण्डौं पठाइएको बताइएकाे छ ।