कसरी भयो पेरीसमा भयानक आगलागी !

रिपोर्ट नेपाल | 2019 Apr 16 | 08:31 am 2753

काठमाडौ, वैशाख ३ : (एजेन्सी) विश्वको एक सभ्यताको रुपमा रहेको फ्रान्सको पेरीसमा ठुलो आगलागी भएको छ । शहरको सबैभन्दा प्रतिष्ठित स्थलहरुमा एक मानिएको पेरिसको नाट्रे डेम गिर्जाघरमा आगलागी भएको छ । यो आगलागीको कारण खुल्न सकेको छैन तर पुनरुत्थान कार्यसँग सम्बन्धित हुन सक्छ ।

अहिले सामाजिक सञ्जालमा यस्ता केही डरलाग्दा तस्वीरहरु भाइरल भएका छन जसले के देखाउँछन भने आगलागी निकै भयावह भएर आएको छ । सामाजिक सञ्जालमा देखिएका तस्वीरहरुमा ८ सय ५० वर्ष पुरानो उक्त गिर्जाघरको टुप्पोबाट आगोको ज्वाल निस्केको देखाइरहेको छ ।

कुनै मानविय क्षति भए नभएको कुनै जानकारी आएको छैन । तर अधिकारीहरुका अनुसार यो आगलागीमा ठुलो क्षति भएको अनुमान गरेका छन् । सोमवार पवित्र सप्ताहको सुरुवात हो, सबै भन्दा व्यस्त समय हो ।

घटनालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुख व्यक्त गर्नुभएको छ । यो आगलागीबाट विश्वले खास गरेर फ्रँनसले ठुलो मुल्य चुकाउँनुपर्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.