काठमाडौं, असार २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत मन्त्रालय अन्तरगतका कर्मचारीहरुप्रति कडा रुपमा प्रस्तुत भएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिलाई लिएर विवादमा तानिएका हुन् । उक्त पत्रकार सम्मेलनमा उनले मन्त्रालयले खटाएको कार्यक्षेत्रमा नजाने कर्मचारीको सरुवा फिर्ता नहुने बताउँदै बरु आत्महत्याका लागि डोरी दिन सकिने तर सरुवा फिर्ता गर्न नसकिने अभिव्यक्ति दिएका थिए ।
सरुवा फिर्ताका लागि एक कर्मचारीले मन्त्रालयका सचिवसँग आएर घुक्री दिदै आत्महत्या गर्छु भन्नुभयो , उसोभए डोरी लग्दिनुस् भने, सचिवज्यूहरुकोमा झुण्डिन अप्ठ्यारो लाग्यो भने मन्त्रीज्यूको गेटमा गएर झुण्डिनुस् भन्दिनु सचिव त्यो भनेपछि खुरुक्क उठेर हिँड्नुभयो,’– मन्त्रीले भनेका थिए ।
मन्त्री बस्नेतको उक्त अभिव्यक्तिलाई लिएर अहिले तिब्र आलोचना भइराखेको छ । मन्त्रीजस्तो जिम्मेवार पदमा रहेर आत्महत्यालाई प्रोत्साहन गर्ने अभिव्यक्ति दिएको आरोप लागेको छ ।