कर्तव्य ज्यान मुद्दाको फरार अभियुक्त प्रकाउ

रिपोर्ट नेपाल | 2019 Oct 23 | 01:24 pm 2333

दाङ, कात्तिक ६: कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ लमही नगरपालिका वडा नं ५ कोईलाबास रोडका ३० वर्षीय प्रदिप कुमार जयसवाल रहेको प्रहरीले जानकारी दिए ।

२०७० असार २५ गते आफ्नै श्रीमती प्रिति जयसवालको कर्तव्य गरी हत्या गरेको कसुरमा सम्मानित दाङ देउखुरी जिल्ला अदालतबाट २०७४ पुस १७ गते फैसला भई १८ वर्ष ८ महिना १९ दिन कैद सजाय तोकिएको थियो ।

उक्त फैसला पश्चात हालसम्म फरार रहेका प्रदिपलाई खोजतलास गर्दै जाँदा २०७६ कात्तिक ५ गते बेलुका करिब ६ बजेको समयमा लमही नगरपालिका वडा नं ५ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरीएको प्रहरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.