कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ५ वर्षीपछि पक्राउ

रिपोर्ट नेपाल | 2020 Sep 24 | 07:26 pm 2283

काठमाडौं, असोज ८ः कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले ५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुर घर भई हाल काठमाडौं मैतिदेवी बस्ने २४ वर्षीय रवीकुमार यादव रहेका छन ।

उनले २०७२ बैशाख १५ गते ललितपुरको गोदावरी नगरपालिका ५ लेले फैडोल सामुदायिक वनमा सुनसरी इटहरी नगरपालिका ४ घर भई ललितपुरको चापागाउँ बस्ने २६ वर्षीया आरती परियारको घाँटीमा धारिलो हतियार प्रहर गरी विभत्स हत्या गरेका थिए ।

महाशाखाले पुराना घटनाको अनुसन्धान गर्ने विशेष टोली बनाई अनुसन्धान तथा खोजी गरिरहेको अवस्थामा उक्त घटनामा संलग्न यादवलाई महाशाखाको लगातारको निगरानी र सूचना संकलन गर्दै आएको थियो ।

हत्यापछि फरार रहेका यादव भारतको बैङ्लोरमा लुकिछिपी बस्दै आएको र हाल केही दिन अघि काठमाडौं आएका भन्ने सूचनाको आधारमा महाशाखाबाट खटिएकाे टोलीले बिहीबार दिउँसो काठमाडौंको मैतिदेवीबाट पक्राउ गरेकाे हाे ।

पक्राउ गरी अभियुक्तलाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुर पठाएको महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.