कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

| 2022 Jul 04 | 05:43 pm 1745

पर्सा, असार २०ः कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-१ छप्कैया बस्ने रामजान भन्ने २६ वर्षीय हसमुदिन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।

अन्सारी समेतले बारा कलैया उपमहानगरपालिका-५ बहुअर टोल नहरको छेउमा मनिष कुमारको हत्या गरी फरार रहेको उनलाई जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१ छप्कैयाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा कलैया पठाइएको छ ।

हत्या गरेको अभियोगमा पक्राउ

सिन्धुली, कमलामाई नगरपालिका-६ धुरा बस्ने सुमन बिकको हत्या गरेको अभियोगमा घ्याङलेख गाउँपालिका-३ तामाजोर बस्ने ३५ वर्षीया मायारानी थिङलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका-६ लोकतान्त्रीकचोक नजिक डाँफे होटल एण्ड लजमा दुई जनाबिच झै-झगडा हुँदा मायारानीले सुमन बिकको घाँटी थिचेर हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.