कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रिपोर्ट नेपाल | 2022 Sep 26 | 06:47 pm 1561

बर्दिया, असाेज १०ः मिति २०७२।०४।१६ गते बर्दिया गेरुवा गाउँपालिका -०४ बस्ने गंगाधर
चालिसेलाई धारिलो हतियार प्रहार गरी कर्तब्य गरी मारी वारदात स्थलबाट फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा साेही ठाउँ बस्ने ३७  बर्षिय श्याम बि.सी.भन्ने टिकाराम बुढाक्षेत्री रहेका छन् ।

उनलाई  ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरी टोलिले नजिकैगाऊँ टोलमा लुकिछिपी बसेकाे अवस्थामा मिति २०७९/०६/०८ गते राती पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत गुलरीयाबाट  कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको  प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बाेहराले बतए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.