करेन्ट लागेर सर्लाहीमा एककाे मृत्यु

रिपोर्ट नेपाल | 2022 Mar 25 | 02:16 pm 1881

सर्लाही, चैत ११ः करेन्ट लागेर एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा बारा फेटा गाउँपालिका १ त्रिबेणी बस्ने बर्ष २५ का शिव कुमार बछार रहेका छन् ।

सर्लाही मलंगवा नगरपालिका ४ रिङ रोड स्थित विद्युतको पोल गाडने क्रममा माथी रहेको ११ हजार भोल्टको तारमा उक्त पोलले छुदा उनी करेन्ट लागे गम्भीर घाईते भएका थिए । उनकाे उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

उक्त घटनाकाे जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटि गई प्रारम्भिक मुचुल्का तथा अनुसन्धान कार्य भई रहेको सर्लाही प्रहरीले जानकारी दिएकाे हाे  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.