करेन्ट लागेर रुपन्देहीमा एक महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jul 24 | 06:02 pm 3814

रुपन्देही, साउन ९ः करेन्ट लागेर रुपन्देहीमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मायादेवी गाउँपालिका ६ बेथरीकी ४० वर्षकी इन्द्रा पासवान रहेका छन् । उनकाको टेबुल पंखामा करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी पासवानको उपचारको लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.