करेन्ट लागेर दोलखामा एकको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jun 24 | 07:08 pm 2070

दोलखा, असार १०ः बुधबार करेन्ट लागेर दोलखामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलुङ गाउँपालिका–७ ज्यामिरेका ३० वर्षीय सुवास कार्की रहेका छन् । को

घरदेखि अन्दाजी १ किमी पर रहेको आफ्नै खेतमा रोपाइँका लागि मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको धुलिखेल शाखा अस्पताल किर्नेटारमा उपचारको क्रममा मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट तर्फ पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.