करेन्ट लागेर झापामा एककाे मृत्यु

रिपोर्ट नेपाल | 2020 Jun 06 | 10:01 am 2698

झापा, जेठ २४ः करेन्ट लागेर झापामा एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान जिल्लाको कालिमाटी गाउँपालिका ४ का २६ वर्षीय चित्रबहादुर ओली रहेका छन् ।

काम गर्ने क्रममा उनलाई दमक नगरपालिका–२ हुम्से दुम्से सामुदायिकमा करेन्ट लागेको थियो । चलिरहेको जेसीबीलाई बिजुलीको तारले छुन पुगेपछि पन्छ्याउने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई अस्पताल लैजाने क्रममा मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.