करेन्ट लागेर गुल्मीमा एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2022 Sep 06 | 01:31 pm 1613

गुल्मी, भदौ २१ः गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट गाउँपालिका वडा नम्बर –४ जैसिथोक निवासी ४२ वर्षका मानबहादुर राना रहेका छन् । उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिए ।

मङ्गलवार बिहान रानालाई आफ्नै घरको छतमा करेन्ट लागेपछि दुई तल्ला माथिबाट खसेर गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा गुल्मी अस्पताल, तम्घासमा मृत्यु भएको खरेलले बताए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.