कपिलवस्तु, असार २३ः कपिलबस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका–३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेली रहेका छन् ।
महाराजगञ्ज नगरपालिका–१० हर्दौनास्थित घरको छत ढलान गर्ने क्रममा बुधबार साँझ करेन्ट लागेर अशक्त भएको उनको कपिलबस्तु अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक जेशी शाहले बताइन् ।
पोस्टमार्टम पछि शव परिवारको जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।