करेन्ट लागी धनकुटामा एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Oct 05 | 03:22 pm 1734

धनकुटा, असोज १९ः सोमबार करेन्ट लागेर धनकुटामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाख्रिबास नगरपालिका ५ दियालेका १७ वर्षीय अनिल थापा रहेका छन् ।

सोही ठाउँका कमला तामाङगको बारीमा रहेको टाँकिको रुखमा घाँस काट्ने क्रममा धनकुटा–भोजपुर जाने ३३ केवि प्रसारण विद्युत लाइनमा उक्त रुख टासिएको कारण करेन्ट लागि घटनास्थलमै उनको मृत्यु भएको बताकइको छ ।

उक्त घटनाको खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय पाख्रिबासबाट प्रहरी नायब निरीक्षकको टोली खटिगई घटनास्थल सुरक्षित राखी कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट अधिकृत सहितको टोली खटिगएइ घटनाको अनुसन्धान गरिएको धनकुटा प्रहरीले जानकारी दिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.