बुटवल,साउन २७: संघीयताको मर्म अनुसार जनताको सेवामा समर्पित भएर काम गरिरहेको स्थानीय सरकारका प्रमुखले बताएका छन् । निर्वाचित भएको १ बर्षको अवधि सिकाइको बर्ष भएको भन्दै रुपन्देहीको देबदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले अहिलेसम्म २८ वटा ऐन,नीति ,कार्यविधि बनाएको बताए ।
रिपोटर्स क्लव प्रदेश ५ कार्यालय बुटवलद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै खत्रीले देवदहका धर्मिक,ऐतिहासिक तथां पर्यटकीय क्षेत्रलाइ एउटै सर्किट बनाएर विकास गर्ने बताएका छन् । भवानीपुर, बैरीमाइ ,कन्यामाइ, पाकरी बृक्ष लगायतका क्षेत्रको विकासमा आफुहरुको ध्यान पुगेको उनको भनाइ रहेको छ ।
तीन तहकै सरकारले दोहोरो र तेहरो कर उठाएको जनताको गुनासो छ नी ? भन्ने प्रश्नमा उहाले सरकारले दररेट होइन बरु करको दायरा बढाउनुपर्नेमा जोड दिएका छन् ।
संघीय सरकारले साउन १ देखि अनिवार्य लगाउने भनेको एकिकृत सम्पत्ती कर आम जनताका लागि हानीकारक नभएको भन्दै उनले अहिले केन्द्र सरकारले सम्पत्ती कर, भूमि कर लगाएको बताए ।
कर सम्पत्ती हेरेर होइन ,आम्दानी हेरेर लगाउनुपर्ने र यहाँ करको बारेमा आम जनतालाइ जनप्रतिनिधिले बुझाउनै सकेका छैनन् उनले बताए।
उनले चुनावमा गरेका हिजोका प्रतिबद्धता पुरा गर्न केहि कठिनाइहरु भएको भन्दै उनले ३ वटै सरकारको साझा सूचिमा रहेको लालपूर्जा वितरणलाई सबै सरकार मिलिेर टुंगाउनुपर्ने खत्रीको भनाई रहेको छ ।
खत्रीले आाफुहरुले सेवा पारदर्शी र सर्बसुलभ बनाउने प्रयास गरेको भन्दै सबैले सहयोग पुर्याउनुपर्ने बताए । देबदहमा कृषिक्षेत्रलाइ बिशेष सम्बोधन गर्ने गरि दुध उत्पादनका लागि नश्ल सुधार अभियान चलाइएको बताएका छन् ।
सो अवसरमा बोल्दै पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष तथा दैनिकपत्र दैनिकका प्रधान सम्पादक बालकृष्ण चापागाईले स्थानीय सरकार बनेपछि विकासको लहर नै आएको बताए । उनले विकासका नाममा आर्थिक चलखेल र रकमको दुरुपयोग हुने संभाबना बढेको भन्दै सचेत रहनुपर्नेमा जोड दिए ।

स्थानीय सरकारले मिडियासंगको समन्वयलाइ बढाउनुपर्ने उनको भनाइ रहेको छ ।
उनले भने—मिडियालाइ हेर्ने दृष्टि फेर्न जरुरी रहेको छ र सबैको छलफलबाटै साझा नीति बनाऔं भन्ने भनाइ रहेको छ ।