करणी गरी फरार रहेका तथा प्रहरीमाथि अपशब्द प्रयाेग गर्ने २ जना पक्राउ

| 2020 Jun 18 | 09:12 pm 1767

मकवानपुर, असार ४ः जबरजस्ती करणी गरी फरार रहेका प्रतिवादी हेटौंडा उपमहानगरपालिका-११ डाङडुङे बस्ने ६० वर्षीय राम प्रसाद हुमागाईलाई प्रहरीले पक्राउ गरेको छ ।

हुमागाईले ३२ वर्षीया महिलालाई गत जेठ २४ गते ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरी फरार भएका थिए ।

हुमागाई उपर जिल्ला अदालत मकवानपुरबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यसैगरी पर्साकाे वीरगंज महानगरपालिका-१६ ईनर्वा चोकस्थित डिउटीमा खटिएको प्रहरीमाथि अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेको अभियोगमा बिश्रामपुर गाउँपालिका-४ बलिरामपुर बस्ने ३५ वर्षीय सुरेन्द्र भन्ने मुकेश साह कलवारलाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगंजबाट छोकडा लगायतका मालबस्तु लोड गरी अवैध रुपमा भारतको रक्सौलतर्फ लाँदै गरेको ट्याक्टर सामान सहित मंगलबार प्रहरीले पक्राउ गरेको बिषयलाई लिई डिउटीमा खटिएको प्रहरीसँग अपशव्द प्रयोग गरी वादविवाद, झैझगडा तथा दुर्व्यवहार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ व्यक्ति उपर सार्वजनिक शान्ति बिरुद्धको कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.