कम्युनिष्टहरुले संघीयता र लोकतन्त्रलाई सत्ताको भर्‍याङमात्र बनाएः पौडेल

रिपोर्ट नेपाल | 2019 Mar 27 | 08:19 pm 1808

काठमाडौं, चैत्र १३ :  बरिष्ठ नेता रामचन्द्र पौडेलले जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्ता किसिमको धारणा व्यक्त गरेका छन् ।

मधेश पहाड हिमालको सुन्दर समायोजन छ । त्यसमा कता कता संवादको कमी भएको भएको मैले महशुस गरेको छु । हुकुमी शासनको पालामा मधेश पहाड हिमाललाई बेग्ला बेग्लै हेर्ने दृष्टिकोण भएको थियो । त्यतीखेर हुकुमी शासन निरंकुशताको ह्याङओभार अझै गएको छैन् ।

यसबाट मुक्त गर्नु मेरो लक्ष्य हो । आजको सरकारले जनताको आवश्यकता बुझ्न सकेको छैन् । यो देशमा समृद्धि दिन सकेको छैन् । यो मुलुकमा कृषि क्रान्ति गरेर उर्जा शक्तिको विकास र पर्यटको विस्तार गरेर मुलुकलाई समृद्धी तर्फ लानु जरुरी छ । तब मात्र मुलुकमा समृद्धि आउछ ।

जब मधेशका जनताले पहाडको योजनाको शेयर पाउछ अनि मधेशको अन्नले पहाड बाँँच्नेछ अनि मात्र नेपाल समृद्ध हुन्छ । नेपाल सुन्दर हिमाल र पहाडले मात्र बनाएको होइनन् । तराईले नेपाललाई सुन्दर बनाएको छ । स्वीजरल्याण्ड भन्दा पनि नेपालमा प्राकृतिले बनाएको सुन्दरता छ । हामीसंग जे छ त्यो संसारमा कसैसंग छैन् । हामीसंग झल झल बल्ने हिमाल छ । उर्लेर बग्ने नदि छ ।

पहाडको पानीबाट तराई का जनताले आम्दानी पाउनुपर्छ । तराईका जनतालाई पानी अभाव छ । प्रधानमन्त्री केपी ओली कता बाट पानी जहाज ल्याउने कुरा गर्दछन् । पहाड मधेश र हिमाल जनतालाई एकैपटक समृद्ध बनाउने हामीले हो । अहिले मधेशलाई जोगाउनका लागि चुरे संरक्षण गर्नु अहिलेको चुनौती हो । हामी चुरेको संरक्षण गरेर मधेहको भूमी र मधेशी जनताको सुरक्षा गर्न हामीसंग योजना छ । मधेशमा बस्ती विकास गर्न जरुरी छ ।

अहिले कम्युनिष्ट सरकार आफ्नो हातमा लिएर जनतालाई दुःख दिएका छन् । केपी ओलीसंगको मधेशको के हो मधेशी दलका नेताहरुले एकाएक किन सर्मथन गरे । यी मधेशका नेताहरुको नियत के हो । मधेशका जनतालाई के चाहिएको हो उनीहरुलाई चिन्ता छैन ।

उनीहरुलाई केबल कुर्सीका लागि उहाँहरु केपी ओलीसंग टाँसिनुभएको छ । मधेशको जनतालाई ढाल बनाएर उहाँहरु आफ्नो स्वार्थ पूरा गर्न लाग्नुभएको छ । हामीले संसद पुर्नस्थापनाको माग गरेर आन्दोलनमा गयौं । तर संसद पुर्नस्थापना नभएसम्म सत्ताको लोभ गरेनौ तर अहिलेका मधेशी दलका नेताहरुले आफ्नो माग नहुँदै किन सत्तामा गए ।

मधेशका जनताले बुझ्न जरुरी छ । नेपाली कांग्रेसले मधेशी जनताको अधिकार सुनिश्चित गरेको छ । हामीले हरके वर्गको अधिकार सुरक्षित हुने गरेर पार्टीको विधान बनाएका छौ । हाम्रो विधानमा सवै क्लष्टरबाट पदाधिकारी हुने व्यवस्था गरेका छौ । हामीले देशको संविधान पनि बनाएका हौ । हाम्रो विधान पनि संविधान अनुसारको बनाएका छौ ।

हाम्रो सिद्धान्त अनुसार अहिलेको संविधान आएको छ । कम्युनिष्टको सिद्धान्तमा कहि संघीयता भन्ने शब्द हुँदैन । विश्वका कम्युष्टिहरु यसको उदाहरण हुन् । कम्युनिष्टको सिद्धान्त भनेको जनतावादी केन्द्रीयता हो । अहिले कम्युनिष्ट प्रधानमन्त्री त्यही अनुसार आफुमा अधिकार केन्द्रीत गर्न लागेका छन् ।

अहिले हरेक संवैधानिक निकायलाई कमजोर पार्ने गरि कम्युनिष्टहरुले काम गरिरहेका छन् । यो कम्युनिष्टहरुको केन्द्रीकृत शासन पद्दतीमा जाने लक्षण हो । संघीयताको विरोधमा जाने कसैलाई पनि कांग्रेसले माफ गर्दैन् । कम्युनिष्टहरुले संघीयता र लोकतन्त्रलाई सत्ताको भर्‍याङमात्र बनाउछन् । केपी ओली आफु सम्पुर्ण अधिकार लिएर अधिनायकवादी बन्ने कोशिशमा छन् ।

मलाई हिजो १० राज्य मान्नुस । प्रधानमन्त्री हुनुस भनेका थिए । तर मैले यो अपराध म गर्न सक्दिन भनेको हो । राणासंग लडेको कांग्रेस पंचायतसंग लडेको कम्युनिष्टसंग पनि लड्ने हो । लोकतन्त्र र संघीयता गणतन्त्रका विरुद्धमा कसैलाई जाने दिदैनौ । अधिनायकवाद कम्युनिष्ट नेताहरुको अनुहारमा देखिन्छ । तर हामी खबरदारी गर्दै जनतासमक्ष आएका हौं । संघीयता विरोधी सरकारको हर्कतको विरोध गर्न हामी जनतासमक्ष आएका हौ ।

अधिनायकवाद मार्फत मुलुकलाई अन्धकारमा लाने खोज्दैछन् त्यो हामी दिदैनौ । नेपाली कांग्रेसको उत्पती नै मधेशबाट भएको हो । कांग्रेस र मधेशको सम्बन्ध एकअर्कामा परिपुरक हो । जस्तो सुकै मुखुण्डो लगाएर आएपनि लोकतन्त्रको लागि खतरा छ । हामी लोकतन्त्रका लागि लड्नका लागि स्थापना भएको हौ । हामी लड्छौ । सवै जनताको इज्जत र प्रतिष्ठाका लागि लोकतन्त्र आवश्यक छ । सवैलाई गर्ने काम लोकतन्त्रले गर्छ । आर्थिक रुपान्तरण लोकतन्त्रले गर्छ ।

महिलालाई शिक्षित बनाउने काम कांग्रेसले सुरु गरेको हो । आर्थिक रुपमा सवैलाई समान बनाउनका लागि हामीले प्रजातान्त्रीक समाजवादको नीति लिएका हौ । अहिले भ्रष्टाचार रोक्नु हाम्रो कतब्र्य हो । आज बुढि गण्डकी, वाइडबडि एनसेल काण्ड सुन काण्ड मच्चाएर गरिब जनतालाई मारिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.