- कपिल ज्ञवाली
बुटवल, असार ४ : पूर्व खाने पानी तथा राज्यमन्त्री अब्दुल रज्जाकले ओली नेतृत्वको सरकार समाजवाद भन्दै उल्टोबाटोमा हिँडेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब प्रदेश ५ ले बुटवलमा विपी स्मृति दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
पूर्व सांसद तथा कांग्रेस रुपन्देहीका सभापति समेत रहेका उनले जनताको भावना र मर्म विपरीत अघि बढेको सरकारको पछिल्ला गतिविधि दुखदायी भएको भन्दै गलत रवैयाले सरकारले आफ्नै आयु घटाएको जिकिर गरे ।
रिपोर्टर्स क्लब प्रदेश ५ ले बुटवलमा विपी स्मृति दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व सांसद तथा कांग्रेस रुपन्देहीका सभापति समेत रहेका उनले विपीको नीति सिद्धान्त निकै राम्रो र सान्दर्भिक रहेको चर्चा गरे । जनताको इच्छा र उत्तरदायी हुने नेताको रूपमा उहालाइ स्मरण गर्दै रञ्जाकले मुलुकमा लोकतन्त्र स्थापित गर्न पनि विपीकै योगदान रहेको बताए ।
‘अहिलेको सरकार जनउत्तरदायि बन्न सकेन ,नारा समृद्धि, व्यवहार निरङ्कुश देखियो ।’ उनले भने । जनता आर्थिक रूपमा समृद्धि हुनुपर्ने र सरकारले कर थोपर्ने मात्रै काम गरेको भन्दै विरोध जनाए ।