कम्बोडिया पठाइदिने बहानामा ८८ लाख ठगी

रिपोर्ट नेपाल | 2018 Aug 05 | 04:18 pm 1907

कम्बोडिया पठाईदिन्छु भनि ठगी गर्ने झापा शिवसताक्षी नगरपालिका ९ का सुमन बस्नेतलाई वैदेशिक रोजगारीसम्बन्धी ठगी प्रकरणमा प्रहरीले पक्राउ गरेको छ । वर्ष २४ का बस्नेतले वैदेशिक रोजगारीको सिलसिलामा कम्बोडियास्थित क्यासिनोको सेक्युरीटी गार्डमा प्रतिमहिना एक लाख तलब हुने र अन्य सुविधासमेत पाइने भन्दै प्रलोभन देखाएर प्रतिव्यक्ति ३ लाख ५० हजारदेखि ६ लाखसम्म ठगेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बस्नेतले ८८ लाख ३९ हजार रकम पीडितहरुबाट असुलेको पाइएको छ ।

पीडितहरुका अनुसार रकम एवं पासपोर्ट समेत लिई उनीहरुलाई काठमाडौंबाट बैंकक हुँदै कम्बोडियासम्म पुर्‍याई सुमनले अलपत्र पारेर ठगी गरेका थिए । पाँचथर मिकलाजुङ गाउँपालिका बस्ने कुलबहादुर तामाङ लगायतका १९ जना व्यक्तिहरुले अपराध महाशाखामा पेश गरेको जाहेरीको आधारमा सो महाशाखाबाट खटिएको प्रहरी टोलीले निज सुमन बस्नेतलाई काठमाडौंको माछापोखरीबाट पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.