नेपालगन्ज, असार १५ : राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष कमल थापाले कम्युनिष्ट र नेपाली काँग्रेससँग राप्रपाको एकताको कुनै सम्भावना नरहेको बताएका छन् । राप्रपा नेपाल फरक किसिमको पाटी भएको हुनाले कम्युनिष्ट र नेपाली काँग्रेससँगको तालमेल कुनै हालतमा हुन नसक्ने उनको भनाई छ ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन प्रदेश नं ५ द्वारा शुक्रवार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले हिन्दुराष्ट्र चाहने र नचाहने बिचको धुर्वीकरण हुनु पर्ने धारणा राखेका हुन् ।
हिन्दूराष्ट्र चाहने र हिन्दूराष्ट्रको पहिचानलाई समाप्त गर्ने कार्यमा सघाउ पुर्या उने र दोहोरो चरित्र एवं मापदण्ड अत्यन्तै घातक हुने उन निष्कर्ष छ । वर्तमान सरकार दुई तिहाइको दम्भमा देशमा एकदलीय सर्वसत्ताबाद कायम भए प्रजातन्त्र कमजोर हुने आशङ्का पैदा भइरहेको उनको भनाई थियो । अध्यक्ष थापाले हिन्दु राष्ट्र चाहने र नचाहने बीच अब प्रष्ट ध्रुवीकरण जरुरी भएको बताए ।
हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि पार्टीले जनसघर्षको तयारी गरिरहेको समेत जानकारी दिँदै आगामी फागुन ७ गतेदेखि निर्णायक जनसघर्ष सुरु गर्ने पनि थापाले बताए ।