कपिलवस्तुमा थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

रिपोर्ट नेपाल | 2020 May 30 | 04:11 pm 1885

कपिलवस्तु, जेठ १७ः शिनबार मात्रै कपिलवस्तुमा थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कपिलवस्तुमा संक्रमितको संख्या २ सय ६५ पुगेको छ ।

थपिएका संक्रमितहरु महाराजगञ्ज नगरपालिकाका  १६ वर्षदेखि ४५ सम्मका ३३ जना पुरुष छन् । यस्तै कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका १६ जना पुरुषमा संक्रमणको पुष्टि भएको हाे ।

यसैगरी यशोधरा गाउँपालिकाका १६ देखि ४८ बर्षसम्मका पुरुष २६ र २५,१९ बर्षका महिला २ जना मा पनि संक्रमणको पुष्टि भएको छ । संक्रमितहरुको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट औपचारिक पुष्टि हुन बाँकी रहेकाे बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.