कपिलवस्तुमा जीप दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

रिपोर्ट नेपाल | 2019 May 03 | 11:06 am 2533

कपिलवस्तु, वैशाख २०: दाङबाट चन्द्रौटा जाँदै गरेको बा १४ च ८४४५ नम्बरको कार कपिलवस्तुको शिवराज नगरपालिकास्थित कैला खोलामा दुर्घटना भएको छ ।

उक्त दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा दाङ रामपुर ६ का ४७ वर्षीय तीर्थ आचार्य रहेकाे  र दाङ लमही ८ का २७ वर्षीय अनिलकुमार चौधरी गम्भीर घाइते भएको प्रहरीले जानकारी दिए । घाइतेको उद्धार गरी स्थानीय अस्पतालमा उपचार गराइरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.