कपिलवस्तु बस दुर्घटनामा १० जनाको मृत्यु, २० जना घाईते

रिपोर्ट नेपाल | 2024 Feb 15 | 08:01 am 977

नारद कोहार

तौलिहवा, (कपिलवस्तु) फागुन ३। कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही खोलामा बस खस्दा १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । सुरही खाेलामा ०२–००१ख–००९८ न.को सुनौलो महाकाली यातायातको यात्रुवाहक बस दुर्घटना भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं.२८ गण कपिलवस्तुमा सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीका अनुसार महेन्द्रनगरबाट काठमाण्डौ तर्फ जादै गरेको यात्रुवाहक बस सडकबाट २ सय फिट तल खसेको बताउनुभयो । घाइते भएकाहरुलाई बुटवल र भालुवाङ तर्फ पठाइएको उहाँको भनाई छ ।

उक्त घटना स्थलमा सशस्त्र प्रहरी उपरीक्षक केसी सहित ६० जनाको टोलीद्धारा उद्दार कार्य भई रहेको छ । यद्यपि घटनाको थप विवरण आउन बाँकी छ । (गोरखापत्रबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.