कटुवा पेस्तोल र ५ राउण्ड गोलीसहित २ पक्राउ

| 2020 Oct 07 | 02:03 pm 2484

बाँके, असाेज २१ः बुधवार कटुवा पेस्तोल सहित जिल्ला प्रहरी कार्यालय बाँकेले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानरपालिका  २० मनिकापुरका ६२ बर्षीय सलिम नाँउ र नेपालगन्ज बसुदेवपुरका ३३ बर्षीय ईब्राहिम बेहना रहेका छन् ।

उनीहरूलाई बाँके नरैनापुर गाउँपालिका ५ सर्बराजपुरुवा स्थित हुलाकी सडकखण्डमा हातहतियारको ओसारपसार भईरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी निरीक्षक बसन्त गौतम समेतको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दुई जनाको साथबाट पेस्तोल र गोली बरामद गरी पक्राउ गरेकाे हो ।

संकास्पद प्लाष्टिक बोरा भुईमा फालेकाले उक्त बोरा प्रहरी टोलीले खोली हेर्दा सो भित्र रहेको कटुवा पेस्तोल २ र सलिम नाँउले लगाएको स्टकोटको वाँया खल्तीमा रहेको कटुवा पेस्तोलमा लाग्ने गोली ५ राउण्ड फेला पारेको हो ।

पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिई अणुसन्धान भईरहेको पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ । प्रहरीले मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १३२ बमोजिमको ५ बर्ष सम्म कैद र ५० हजार रुपैयासम्म जरिवाना हुन सक्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.