कटुवा पेस्तोल एक थान सहित चार जना पक्राउ

रिपोर्ट नेपाल | 2019 May 08 | 06:39 pm 2613

तनहुँ, वैशाख २५:  शुक्लागण्डकी नगरपालिका २ नर्सरीस्थित कालिका मन्दिर नजिकैबाट स्थानीय २२ वर्षीय बिपिन पुन र अन्य ४ जनालाई कटुवा पेस्तोल १ थान र १ सय ग्राम गाँजा सहित बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

गाँजा सेवन गरिरहेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बिपिनको साथमा उक्त कटुवा पेस्तोल र गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.