कञ्‍चनपुरका छाडा पशुचौपाया बाजुरामा उन्‍नत जातको भन्दै वितरण

रिपोर्ट नेपाल | 2018 Jul 04 | 08:31 am 3994

बाजुरा, असार २०: प्रदेश नम्बर ७ को कञ्‍चनपुरका छाडा पशुचौपायालार्इ बाजुरा लगेर उन्‍नत जातको भन्दै वितरण गरिएको छ।

बजारमा छोडिएका पशु चौपायालाई बाजुरामा ल्याएर बढीमालिका नगरपालिकाका ९० परिवारलाई एक-एक गाई वितरण गरिएको बडीमालिका नगरपालिका पशु शाखा, बाजुराका प्रमुख शंकर सिंहले जानकारी दिए।

उनका अनुसार त्यहाँ लगिएका पशुचौपायाँहरु उन्‍नत जातका भन्दै वितरण गरिएको हो। कञ्‍चनपुर छाडा चौपायाले वितण्डा गरेपछि विभिन्‍न रोगी विरामी गार्इवस्तुहरुलार्इ बाजुरामा लगेर वितरण गरिएको हो।

नगरपालिकाका मेयर बडुवालको मिलेमतोमा यी चौपायाहरुलार्इ व्यवस्थापन गर्ने नाममा रोगीविरामी चौपाया वितरण गरिएको हो।गाईहरुलाई विभिन्न रोग लागेको हुनसक्ने भएकाले ती गाईलाई उपचार गरिएको भनिएपनि त्‍यस्तो केही नगरी सोझै पठाइएको स्रोतले जनाएको छ।

बजारमा छाडा छोडिएका उक्त गाई बाजुरामा व्यवस्थापन गर्नका लागि प्रदेश सरकारले निर्णयसहित बडीमालिका नगरपालिकालाई पत्र पठाएको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताए।

छाडा चौपाया लगेर कमिसनको खेलमा बडिमालिकाका मेयर बडुवालले किसानलाई उन्नत जातका गाई ल्याएर वितरण गरिएको बताए। छाडा चौपाया लगेर उन्नत जातका गाई आर्थिक अभावबाट गाई खरिद गर्न नसक्नेलाई वितरण हुँदा राहत पुगेको भन्दै बडुवालले जनतालार्इ भ्रमित पारिरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.