कक्षा १२ मा अध्ययनरत सुरजले शिक्षकको नाममा ‘सुसाइड नोट’ लेखेर गरे आत्महत्या

रिपोर्ट नेपाल | 2019 Jul 29 | 05:36 pm 2112

महेन्द्रनगर, साउन १३ : महेन्द्रनगरस्थित श्री लिटिल बुद्ध कलेजमा अध्ययनरत एक विद्यार्थीले शिक्षककको नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन् । कक्षा १२ मा अध्ययनरत सुरज लेखकले शिक्षककको नाममा ‘सुसाइड नोट’ लेखेर आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका हुन्।

सुरजले ‘सुसाइड नोट’मा आफू मर्नुको कारण लिटिल बुद्ध कलेजका व्यवस्थापन संकायका संयोजक हरिलाल जोशीलाई जिम्मेवार ठहर गरेका छन् । सुरजको ‘सुसाइड नोट’ को अन्त्यतिर उनले औँठा छाप लगाएका छन् ।

उनले सुसाइट नोटमा लेखेका छन्, ‘बुवा अब बहुत भयो, अब म हजुरहरुलाई धेरै टेन्सन दिन चाहँदिन। कलेजबाट आएको कम्प्लेनहरुले हजुरहरुलाई निकै डिस्ट्रब गर्यो र म पनि हजुरहरुलाई टेन्सन दिएर धेरै बाच्न सक्दिन । हजुरकाे सब ठाँउमा मैले इन्सल्ट गराए, हजुरले मलाई जस्ताे बनाउनु चाहनु हुन्थ्याे, म त्यस्तै बन्न सकिन, म मरे पनि दुई दाजुहरू छन् । उनीहरूलाई राम्राे पढाउनु, म त हजुरकाे नालायक छाेरा न परे, अब खुसीसँग बस्नु । ‘

सुसाइट नोटमा आफूले दारु कहिल्यै नपिएको पनि उल्लेख गरेको छ । सुसाइट नोटमा लेखेका छन्- ‘अनि मैले दारू कहिल्यै पनि छाेएकाे छैन, खानु त कता हाे ।’ सुसाइट नोटमा आफूले चुरोट पिउन छाडेका पनि एक वर्ष भइसकेको लेखेका छन् ।

कलेजका प्रिन्सिपिल श्यामसिंह मौनीका अनुसार एकेडेमीका प्लस टु संयोजक हरिलाल जोशीले शुक्रबार बिहान विद्यालय समयमा सुरजसहित उनका साथीहरू आशिस चन्द र मनिस विष्टलाई चुरोट खाइरहेको अवस्थामा भेटेपछि विद्यालय प्रशासनमा बोलाएर सम्झाई बुझाई गरेका थिए।

सुरजका बुवा गणेश लेखकले छोरालाई विद्यालयबाट तनाव दिएर आत्महत्या गर्न बाध्य पारिएको आरोप लगाएका छन् । जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यापकसमेत रहेका गणेशले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा शिक्षक हरिलाल जोशीविरुद्ध ‘आत्महत्या दुरुत्साहन’ सम्बन्धी किटानी जाहेरी समेत दिएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.