कक्षा १२ को नतिजा सार्वजनिक

| 2021 Feb 01 | 12:34 pm 2117

काठमाडौं, माघ १९ः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार बिहान सार्वजनिक गरेको छ। परीक्षामा देशभरका चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।

बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित हुने बोर्डले जनाएको छ ।

परीक्षाफल राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिए ।

नतिजा हेर्नको लागि एनटीसी सिमबाट १६०० मा डायल गरेर नतिजा हेर्न सकिने छ । नेपाल टेलिकमको १६०० मा एसेमेस गरेर पनि नजित हेर्न सकिन्छ । त्यसको लागि NEB एक स्पेस आफ्नो सिम्बल नम्बर टाइप गरी १६०० मा एसेमेस पठाउनु पर्ने छ ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड  र नेपाल टेलिकमको वेवसाइटबाट पनि नतिजा हेर्न सकिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.