कक्षा १२ को नतिजा याे महिनाभरमा निकाल्छौः डा.शर्मा

| 2023 Aug 13 | 12:31 pm 1869

काठमाडौँ,साउन २८ ।  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २६ देखि जेठ ५ गतेसम्म लिइएको कक्षा १२ काे   नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ ।

उत्तरपुस्तिका परीक्षणकाे काम सकिएको छ साथै कम्प्युटरमा डाटा इन्ट्री गराउने काम पनि अन्तिम चरणमा पुगेको छ । नतिजा प्रकाशनका लागि सम्पूर्ण कार्य सकेर अब प्राविधिक टिमसँग छलफल गरेर निर्णय गरिने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए ।

अब टेक्निकल कुरा बाँकी रहेकोले हेरेर निर्णय गर्छौ । शैक्षिक क्यालेण्डर अनुसार यो महिनाको अन्तिम भित्रमा नतिजा प्रकाशन गर्ने तालिका पनि छ । त्यही भएर यो महिनाभरमा निकाल्छौं ।’ उनले भने ।

परीक्षामा ४ लाख ६७ हजार ३८९ जनाले परीक्षा दिएका थिए । जसमा ५६ हजार विद्यार्थीले ग्रेड बृद्धिका लागि परीक्षामा सहभागी भएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.