काठमाडाैं, असाेज ७: राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो ।
यसैगरी बोर्डले पुरक परीक्षाको तालिका पनि सार्वजनिक गरेको छ । कात्तिक ३० गते र मंसिर १ गते पुरक परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।
परिक्षाफल निम्न वेबसाइटमा गएर हेर्न सकिन्छ :
www.neb.gov.np
www.neb.ntc.net.np
wwww.edusanjal.com
www.theconnectplus.com
wwww.ekantipur.com
SMS सेवा :
– नेपाल टेलिकमको १६०० मा गर्ने तरिका : NEB-Space-Symbol No. टाईप गरी १६०० मा SMS गर्ने ।
– जानकी टेक्नोलोजी प्रा.लि.को ३५००१ मा SMS गर्ने तरिका : NEB-Space-Symbol No. टाईप गरी ३५००१ म SMS गर्ने ।
– आकाश टेक प्रा.लि को ३१००३ मा SMS गर्ने तरिका : NEB-Space-Symbol No. टाईप गरी ३१००३ मा SMS गर्ने
IVR सेवा :
– त्यस्तै नेपाल टेलिकमको १६०१ नंम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नजिता प्राप्त गर्न सकिन्छ ।
