काठमाडाैं, असार ३०ः एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार प्रधानमन्त्रीको सरकारी निवास छाडेका छन् । सर्वोच्च अदालतको परमादेशसँगै काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा चयन भएसँगै ओलीले बालुवाटार खाली गराएका हुन् ।
बालुवाटारबाट ओली बाहिरिएर निजी निवास जाँदा एमालेले शक्ति प्रदर्शन गरेको छ । एमालेको युथ फोर्ससहितका ठुलो सङ्ख्यामा कार्यकर्ताले ओलीको पक्षमा नाराबाजी गरेका थिए भने कार्यकर्तासमेतको स्कर्टिङ गरेर बालकोट लगिएको थियो ।
ओलीले हिजो देशवासीको नाममा सम्बोधनका क्रममा केही समय मात्रै बादल लागेको छिट्टै सूर्य उदाउने अभिव्यक्ति दिएका थिए । यस्तै देउवालाई अदालतले प्रधानमन्त्री बनाइदिएको बारे विरोध गरेका उनी देउवाको शपथ ग्रहण समारोहमा पनि अनुपस्थित भएनन् ।