ओलीमाथि आक्रमण गर्न खोज्ने एक जना पक्राउ

| 2023 Apr 26 | 05:06 pm 1185

झापा, बैशाख १३: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। झापामा आयोजित कार्यक्रममा जाँदै गर्दा ढुंगा प्रहार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। सो क्रममा दुई जना प्रहरी घाइते भएका थिए।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीलाई आक्रमण गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको संसदलाई बताए। एमाले अध्यक्ष ओलीमाथि आक्रमणको प्रयास भएको प्रमुख सचेतक पदम गिरीले बताएपछि जवाफमा गृहमन्त्री श्रेष्ठले उशृंखल गतिविधि गर्नेलाई नियन्त्रणमा लिइएको बताए।

प्रतिनिधि सभामा बोल्दै एमाले प्रमुख सचेतक गिरीले पार्टी अध्यक्ष ओली कार्यक्रमतर्फ जाँदा आक्रमणको प्रयास भएको बताए। गिरीले भने, ‘काठमाडौंबाट झापातर्फ जाँदै गर्दा कार्यक्रमस्थल जाने क्रममा बाहिरपट्टी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बाहिरबाट होहल्ला गर्ने गतिविधि भयो। कार्यक्रम बिथोल्न अवााञ्छित गतिविधि भयो। शान्ति भंग गराउने काम भयो।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.