ओलीको प्रतिगमनलाई परास्त गर्छौ : भीम आचार्य

| 2021 Feb 20 | 06:05 pm 1529

काठमाडौँ फागुन ८ : नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य एवं प्रदेश-१ का सांसद भीम आचार्यले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदेश सभा भंग गर्ने धम्की नदिन मुख्यमन्त्री शेरधन राईलाई चुनौति दिएका छन् ।

नेता आचार्यले मुख्यमन्त्री राईसँग प्रदेशसभा भंग गर्ने तागत नभएको बताएका हुन्। मुख्यमन्त्रीले प्रदेश सभाका सभामुख, उपसभामुख र सांसदहरुलाई धम्क्याउने र तर्साउने काम गरिराखेको उल्लेख गर्दै सांसद आचार्यले त्यसको कडा प्रतिवाद हुने समेत बताए । सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राई संसदबाट भागिरहेको उनले बताए ।

प्रदेश १ सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राई संसदबाट भागिरहेको उनको आरोप छ । संविधानले नै २५ प्रतिशत सांसदहरुलाई सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्ने अधिकार दिएको र त्यसलाई प्रक्रियामा लैजानु पर्नेमा संसद नै बस्न नदिइएको उनले दाबी गरे ।

संविधानले नै २५ प्रतिशत सांसदहरुलाई सरकार विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्ने अधिकार दिएको र त्यसलाई प्रक्रियामा लैजानु पर्नेमा संसद नै बस्न नदिइएको बताए । सरकार आफैंले बोलाएको संसद आफैंले अवरोध गरिरहेको बताए । आफूहरु प्रतिगमन विरुद्धमा आन्दोलन गरिरहेको र जनताले समेत साथ दिएकाले प्रतिगमनलाई घुँडा टेकाएर छाड्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.