ओखलढुंगामा पहिरोले दुई घर पुरियो

रिपोर्ट नेपाल | 2018 Aug 07 | 06:19 pm 2296

ओखलढुंगा, साउन २२ : निरन्तरको वर्षाका कारण पहिरो खस्दा २ घर पुरिएको छ । ओखलढुंगा, खिजिदेम्बा गाउँपालिका –९, र मोलुङ गाउँपालिका –७, को सिमानामा पर्ने पात्लेमा सोमबार रातिको पहिरोले डाटी शेर्पा र लमु शेर्पाको घर पुरेको हो । पहिरोका कारण अन्य ५ घर जोखिममा परेका छन् ।

पहिरोले मानवीय क्षति नभए पनि एक हल गोरु र एउटा कुकुर बगाएको मोलुङ गाँउपालिका –७, का वडा अध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिए ।

गाउँमाथिबाट पहिरो खसेकाले त्यसै ठाउँका ५ घर समेत पहिरोका जोखिममा परेका छन् । पहिरो पीडित परिवार हाल आफन्तको घरमा शरण लिई बसिरहेको वडा अध्यक्ष सुनुवारले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.