ओखलढुंगा प्रदेश सभा २ मा माओवादी केन्द्रका बाबुराम विजयी

रिपोर्ट नेपाल | 2022 Nov 23 | 08:28 am 1537

ओखलढुंगा, मंसिर ७ः प्रदेश सभा क्षेत्र नं. २ मा गठबन्धन तर्फका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराम गौतम बिजयी भएका छन ।

उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका ज्ञानबहादुर खड्कालाई १ हजार ९६ मतको फराकिलो मतान्तरले हराउँदै उनि बिजेता बनेका हुन ।

बिजयी गौतमले १५ हजार ७ सय ३८ मत ल्याउँदा खड्काले १४ हजार ६ सय ४२ मत प्राप्त गरेका थिए । प्रदेश सभा क्षेत्र नं. १ मा यसअघि गठबन्धनकै साझा उम्मेदवार नेपाली कांग्रेसका प्रदिपकुमार सुनुवार निर्वाचित भैसकेका छन ।

प्रदेश सभा क्षेत्र नम्बर २ मा विभिन्न दलबाट ५ जनाले उम्मेदवारी दिएका थिए । जसमा जनता समाजबादी पार्टी (जसपा) का शान्तबहादुर बिकले ५६८ मत पाएका छन भने राप्रपा (हलो) का पुष्पराज पोखरेलले ४०७ मत पाएका छन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.