ओक्सिडेन्टल स्कूलको खेलमैदान पछाडि वेवारिसे शव फेला

रिपोर्ट नेपाल | 2018 Aug 28 | 07:25 am 2595

काठमाडौं, भदौ १२: ओक्सिडेन्टल स्कूलको खेलमैदान पछाडपट्टीको धोवी खोला किनारमा वेवारिसे शव फेला परेको छ।

मंगलबार बिहानै उक्त शव देखेपछि स्थानीयले प्रहरीलार्इ खबर गरेका हुन्। अत्यधिक मदिरा सेवन गरेको र उनको साथमा भेटिएका सामानको प्रकृति हेर्दा मानसिक सन्तुलनसमेत गुमाएको व्यक्ति हुनसक्न‍े प्रहरीको अनुमान छ।

घटनाको मुचुल्का भइसकेको र पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगंज पठाउने सिंहदरबार वृतका प्रहरी नायब उपरीक्षक काजी कुमार आचार्यले रिपोर्ट नेपाललार्इ बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.