ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माण

रिपोर्ट नेपाल | 2020 Nov 08 | 08:13 am 2355

काठमाडौं, कात्तिक २३ः ऐतिहासिक काष्ठमण्डप वैशाख १२ गते उद्घाटन हुने भएको छ । २०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले क्षतिग्रस्त भएको काष्ठमण्डप सोही दिन उद्घाटन गर्ने तयारी भएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काष्ठमण्डप ध्वस्त भएकै मितिमा उद्घाटन गरिने जानकारी दिए ।

शुक्रबार शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसँग काष्ठमण्डप पुननिर्माणको प्रगतिको बारेमा जानकारी लिन वसन्तपुर दरबारक्षेत्र पुगेका मन्त्री ज्ञवालीले वैशाख १२ गते उद्घाटन गर्ने जानकारी गराएका हुन् ।

काष्ठमण्डप पुनर्निर्माणको अवस्थाबारे जानकारी लिँदै परराष्ट्रमन्त्री ज्ञवालीले हालसम्मको प्रगतिको खुलेर प्रशंसा गरेका थिए । काष्ठमण्डपको पुनर्निर्माणको अवस्था देख्दा स्थानीय जनतासहितको सहभगितामा सम्पदा निर्माणमा नमुना स्थापित भएको उनको भनाइ थियो । मौलिक परम्परालाई जोगाएर तीव्रताका साथ काम भएकोमा उनले प्रशंसा गरे।

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले काष्ठमण्डप क्षतिग्रस्त भएको दिन वैशाख १२ गते १२ बजे नै उद्घाटन गर्ने गरी तयारी भइरहेको बताए ।

स्थानीयको समेत सहभागितामा काष्ठमण्डप पुनर्निर्माण समितिमार्फत पुनर्निर्माण गर्न शुरुदेखि नै पहल थालेका मन्त्री श्रेष्ठले हालसम्मको प्रगति देखेर खुसी व्यक्त गरे । उनले भने– हनुमानढोका दरबारक्षेत्रलगायत देशका महत्वपूर्ण सम्पदा पुनर्निर्माण गर्दा स्थानीयलाई सहभागिता गराउनु आवश्यक छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.