काठमाडौँ, असोज १५ । १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष टि २० क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग भिड्ने भएको छ । आज सोमबार भएको ‘ड्र’ मा नेपालले भारतलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो ।
नेपाल र भारतबिचको क्वार्टरफाइनल खेल मंगलबार खेलिने छ । नेपाली टोलीले मंगोलिया र माल्दिभ्सलाई सजिलैसँग हराउँदै क्वार्टरफाइनलमा पुगेको थियो । क्वाटरफाइनल बलियो टिम भारतसँग परेकोले नेपाललाई सेमिफाइनलमा पुग्न भने त्यति सहज छैन् । समुह चरणका खेलमा निकालेको जितको हाैसला कारण भारतलाई कडा टक्कर दिने पक्कापक्की छ ।
Photo : CAN