एसिया कप छनोट : नेपाललाई आज जित्नै पर्ने दबाब

रिपोर्ट नेपाल | 2018 Sep 01 | 10:28 am 1663

काठमाडौं, भदौ १६  :  मलेसियामा जारी एसिया कप छनोटमा आज (शनिबार ) नेपालाई जित्नै पर्ने दबाब छ।

यसअघिका आफ्ना दुई खेल गुमाएको नेपालले एसिया कप छनोटमा आफ्नो आशा जिवित राख्न मलिसियालाई जित्नै पर्ने दबाब भएको हो। नेपालले यो खेल पनि हारे अर्को महिना युनाइटेड अरब इमिरेट्स (युएईं) मा आयोजना हुने एसिया कप खेल्ने लक्ष्य समाप्त हुने छ।

प्रतियोगिताको फाइनल खेल्ने आशा जिवितै राख्न नेपालले बाँकी सबै तीन खेल जित्नुपर्ने दबाब छ।

शनिबार मलेसियाविरुद्ध मैदान उत्रदा नेपालको एकमात्र लक्ष्य निश्चित जित हुनेछ। अघिल्ला दुई खेलमा नेपालले ब्याटिङमा मध्यम प्रदर्शन गरेपनि बलिङ र फिल्डिङ सोचेजस्तो हुन सकेको छैन। ओपनिङमा समस्या नेपालको पुरानै रोग हो। तर, यसपटक ओपनिङमा केही सुधार भएपनि मध्यक्रममा कुनै पनि ब्याट्सम्यानले राम्रो खेल्न सकेको छैन ।

मलेसियाविरुद्ध जित हात पार्न यि सबै पक्ष सुधार गर्नुपर्ने हुन्छ। यता, पहिलो खेलमै हङकङलाई स्तब्ध पारेको मलेसिया दोस्रो खेलमा ओमानसँग २ विकेटले पराजित भएको थियो। नेपालले अबको तीन खेलमा जित हात पारे ६ अंक हुनेछ। र छनोटको सम्भावना जीवितै हुनेछ। अबको कुनै एक खेल गुमाए नेपाल स्वत प्रतियोगिताबाट बाहिरिने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.