एसियन यु-१८ स्कुल च्याम्पियनसिप : नेपालले श्रीलङ्कालाई हरायो

रिपोर्ट नेपाल | 2018 Sep 27 | 06:18 pm 1877

काठमाडौँ, ११ असोज : भारतमा जारी ४६आैँ एसियन यु–१८ स्कुल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ ।

भारतको आग्रामा जारी उक्त च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको हो । नेपालको जितमा जय गुरुङ नायक बने । उनले खेलको ३५औँ मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक सावित भयो ।

नेपालले उक्त च्याम्पियनसिपमा यसअघि खेलका पाँचमध्ये तीन खेलमा जित र दुई खेलमा हार बेहोरेको थियो । समूह ‘ए’मा रहेको नेपालले चीनलाई ३–१ र अफगानिस्तानलाई १३–१ ले पराजित गरेको थियो भने थाइल्याण्डसँग २–० र इण्डोनेसियासँग २–१ ले पराजित भएको थियो । नेपालले शुक्रबार भारतसँग खेल्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.