एसपी सरुवाको लागी माेलमोलाइ शुरु

| 2023 Aug 07 | 12:34 pm 3669

काठमाडाैं, साउन २२ ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरुवा बढुवाका लागि आफू कहाँ नआउने बाहिर भने पनि उनको भित्री पाटो भने नगद विना नगर्ने देखिएको छ । हात्तिको चपाउने र देखाउने दाँत जस्तै गृहमन्त्री श्रेष्ठको पनि प्रहरी सरुवा बढुवामा ठयाक्कै हात्तीको दाँतसँग मेल खाने कार्य भइरहेको बुझिएको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार केहि जिल्लाका एसपीको एक वर्ष पुगेका कारण सरुवा हुदैछ । खाली हुने जिल्ला जान कैयौं एसपीले खुट्टा उचालेर बसेका छन् । संभवत यसै साता सुनसरी, रौतहट, बारा, कपिलवस्तु, पूर्वी नवलपरासी, इलाम, धनकुटा, उदयपुर, नुवाकोट, कास्की र डोटी लगायतका जिल्लाका एसपीको सरुवा हुदैछ ।

गृहमन्त्री श्रेष्ठले जिल्लाको कमाण्ड गर्न जाने एसपीहरुसँग डिल गर्न लगाएका हुन होइनन त्यो बुझ्न नसकीए पनि उनी निकट एक महिला, नेपाल प्रहरीका अवकास प्राप्त श्रेष्ठ थरका एक प्रमुख र एक आफन्तले अहिले एसपीहरुसँग डिल गरिरहेको बुझिएको छ । विशेष गरी सुनसरी, बारा, कपिलबस्तु, कास्की जानका लागि केही एसपीहरु श्रेष्ठ निकटका मान्छेसँग मोलमोलाई गरिरहेको बुझिएको छ ।

जिल्ला हेरेर मुल्य निर्धारण गरिएको पनि समाचार स्रोतको दावी रहेको छ । गृहमन्त्री श्रेष्ठका सचिवालयका कसैको पनि एसपी सरुवामा पहुँच नभएको र बाहिरबाट रकम उठाउँदा बाहिर हल्ला नहुने निश्कर्ष सहित आफू निकटका व्यक्तिहरु परिचालन गरेको हुन सक्ने अनुमान गृह मन्त्रालयका केही अधिकृतले लगाएका छन् ।

एक सय किलो सुन काण्डमा नाम आइरहेका गृहमन्त्री श्रेष्ठले एसपी सरुवामा पनि मुण्डी ओढेर घ्यू खान खोजेका त होइनन् भन्ने गम्भीर प्रश्न उठेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.