एसएसपी जोशीको सकृयतामा मृगौंला पीडितलाई सहयोग

| 2022 Feb 01 | 06:12 pm 1521

काठमाडौं, माघ १८ः महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेशराज जोशीको सकृयतामा एक मृगौला पीडित जवानलाई आर्थिक सहयोग गरिएको छ ।

महाशाखामा कार्यरत जवान मधु खत्रीको दुबै मृगौला फेल भएपछि उनी उपचारार्थ नेपाल प्रहरी अस्पतालमा छन् । उपचारका क्रममा अस्पतालमा रहेका खत्रीको आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन कठिन परेका बेला बरिष्ठ उपरीक्षक जोशीको विशेष सकृयतामा जम्मा भएको ३ लाख ७७ हजार ५ सय नब्बे रुपैयाँ मृगौला पीडितका आफन्तलाई हस्तान्तरण गरिएको छ ।

बरिष्ठ उपरीक्षक जोशीले जस्तै नेपाल प्रहरीका आम सदस्यले धेरै थोरै सहयोग गर्ने हो भने उनको ज्यान सहजै बाँच्ने कुरामा दुईमत छैन । आफ्नै संगठनको सदस्यलाई प्राण बचाइदिन संगठन प्रमुखले आब्हान गर्नुपर्ने एक अधिकृतले रिपोर्ट नेपाललाई बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.