एसएसपी आचार्य सुनको अनुसन्धानका लागि हङकङ पुगे

| 2023 Aug 30 | 01:51 pm 2133

काठमाडौँ, भदाै १३ । झण्डै डेढ महिना देखि बहुचर्चित बनेको विमानस्थल नजिकबाट बरामद गरिएको ६० किलो सुनबारे थप अनुसन्धानका लागि  केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ उपरीक्षक दिनेश आचार्य हङकङ पुगेका छन् ।

वरिष्ठ उपरीक्षक आचार्यलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को समन्वयमा सिआइबीले  सत्यतथ्य बुझ्नका लागि  हङकङ पठाएको हो ।

हङकङबाट तस्करी गरेर ल्याएको भनिएको ६० किलो सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरी  विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.