एसईईको प्रश्नपत्र आउट गरेको अभियोगमा दुई प्रहरी नियत्रणमा

रिपोर्ट नेपाल | 2019 Apr 03 | 08:15 am 2479

काठमाडौ‌ं‌, चैत्र २० : गत चैत्र १० गते देखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ।

घटना छानविन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान ब्रम्हदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ।

यसलाई व्युरो र प्रहरी प्रधान कार्यालयले गोप्य राखेका छन् । प्रश्नपत्र बाहिरिएलगत्तै राष्ट्रिय परीक्षा बोर्ड र प्रदेश २ सरकारले गठन गरेका समितिले छुट्टा छुट्टै छानविन गरेका थिए।

दुबै समितिले अनुसन्धान जारी रहेको बताइरहेको बेला सीआईबीले दुई प्रहरी जबानलाई नियन्त्रणमा लिएको हो। एक प्रहरी उच्च अधिकारीका अनुसार सोमबार बिहान काठमाडौं ल्याइएका दुबैलाई हतकडी लगाइएको छ। (आजको कान्तिपुर दैनिकमा प्रकाशित)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.